सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाका स्थानीय तहमा मतगणना सुरु

रोल्पाका स्थानीय तहमा मतगणना सुरु भएको छ । अधिकांश पालिकामा रातिदेखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानैदेखि सुरु भएको हो ।

यसैबीच रोल्पा नगरपालिका वडा न. १ मा माओवादीका खुमबहादुर थापा विजयी भएका छन् । सुनिल स्मृति गाउँपालिकामा वडा न. १ मा माओवादीका गोबर्धन कवर बिजयी भएका छन् ।

थवाङ गाउँपालिका वडा न. ५ मा माओवादी कै गोबर्धन घर्तीमगर बिजयी भएका छन् तर औपचारिक घोषणा हुन भने बाँकी छ । जिल्लाको सुनछहरी गाउँपालिकामा मतपेटिका आइनसकेका कारण मतगणना सुरु भएको छैन ।

रुन्टीगढी गाउँपालिकामा सामान्य बिबादका कारण ढिलाई भएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए । यहाँ पनि केहिबेरमै गणना सुरु हुनेछ ।

अहिले रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, परिबर्तन गाउँपालिकामा सुरु नतिजा अनुसार माओवादीको अग्रता छ भने गंगादेव गाउँपालिकाको सुरु नतिजा अनुसार कांग्रेसको अग्रता रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १०:१६