सूचनाको शक्ति - The Power Of Information

        

दाङको घोराही लमहीमा मतगणना सुरु

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ । विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो ।

अहिले घोराही उपमहानगरको १ नम्बर र १४ नम्बर वडाबाट मतगणना सुरु भएको छ । घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ ।

गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन् ।

एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन् । अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ ।

यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९, ५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:५७