सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

प्राविधिक तयारी नहुँदा नेपालगन्जको मतगणनामा ढिलाई

स्थानीय तह निर्वाचन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरको मतगणना अझै सुरु हुन सकेको छैन ।

सर्वदलिय छलफलका लागि उम्मेदवारहरु समयमा उपस्थित हुन नसक्दा र मतगणनाको प्राविधिक तयारी नहुँदा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले गणना कार्यका लागि प्रक्रिया अगाडि बढे पनि अझै सुरु हुन नसकेको बताएका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालयमा मत गणना गर्ने तयारी गरिएको छ ।

यसअघि शनिबार (आज) बिहान ८ बजेबाट मत गणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको थियो । कडा सुरक्षाका बीच भेरी प्राविधिक शिक्षालयमा गणना गरिने बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:५२