सूचनाको शक्ति - The Power Of Information

        

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह ६७ मत ल्याएर अग्रता लिएका छन् ।

वडा नम्बर एकबाट मतगणना सुरु भएको छ । २ सय मत गणना हुँदा साहले ६७ मत प्राप्त गरेको छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ८ मत पाएका छन् ।

मतगणना अनुसार एमालेका शिव शंकर साहले ,१८ स्वतन्त्र उम्मेदवार बलाराम महतोले १६, अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत पाएका छन् ।

त्यस्तै ३४ मत बद्दर भएको छ । यता उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट किशोरी साहले अग्रता लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:३९