सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पाँच सय मत गन्दा माओवादी केन्द्रका विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष कांग्रेसकी विमला माझीले २३८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी छलिमाया रानामगरले ७ र स्वतन्त्र मञ्जु माझीले १ मत प्राप्त गरेका छन् ।
वडा नं १ बाट मतगणना सुरु भएको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रले २५७ एमालेले १६८ र कांग्रेसले ९० मत प्राप्त गरेका निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जनाए ।
कुल मत १६८४६ मध्ये १२१५८ मत खसेको थियो । यो ७२.१७ प्रतिशत हो । मरिणमा ७ वटा वडा छन् ।
सत्यपाटी । ।