सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

मतगणना जारी, प्रारम्भिक गणनामा कांग्रेसको अग्रता, एमाले दोस्रो

समाजवादी र अन्यले ५–५ स्थानमा अग्रता

 स्थानीय तह निर्वाचनको मतगणना सुरु भएकाे छ ।

देशका कतिपय स्थानीय तहमा मतगणना शुक्रबार रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएकाे हाे । आज (शनिबार) बिहान साढे ८ बजेसम्म देशभरिमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसले गणना सुरु भएमध्येका ६६ स्थानीय तहका मेयर-अध्यक्षमा अग्रता लिएको छ । अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले ३६ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादी, जसपा र अन्यले २–२ स्थानीय तहमा अग्रता लिएका छन् ।

उपप्रमुख-उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ। कांग्रेसले ५०, माओवादी केन्द्रले २४, एमालेले ३६, जसपाले ५ स्थानीय तहका उपमेयर-उपाध्यक्षमा अग्रता लिएका छन् ।

एकीकृत समाजवादी र अन्यले ५–५ स्थानमा अग्रता लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:०२