सूचनाको शक्ति - The Power Of Information

        

देउवाको गृह पालिकामा कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याउँदै

प्रधानमन्त्री शेरबहादुर देउवाको घर रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले ५०० मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत ल्याएर अग्रता लिएकी छन् । कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २७५ मत ल्याएर दोस्रो स्थानमा छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १४० मत ल्याएर तेस्रो स्थानमा छन् । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएको थियो । उक्त विवाद स्थानीय तह निर्वाचनमा झन् चर्किएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:०३