सूचनाको शक्ति - The Power Of Information

        

जनकपुर उपमहानगरमा बागीको अग्रता

जनकपुर उपमहानगरपालिकामा शनिबार बिहानैदेखि मतगणना शुरु भएको छ । शुरुआती चरणमा नेपाली काँग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन् । मतगणनाका क्रममा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साहको घण्टाघर चिह्नमा ३९ मत खसेको छ ।

स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ ।

एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:५६