सूचनाको शक्ति - The Power Of Information

        

रेसुंगा–२ र ३ मा कांग्रेसको प्यानलै विजयी

 गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–२ मा  नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित निर्वाचित भएका हुन् ।

यस्तै,  रेसुंगा नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थीले एक हजार ८२९ मतसहित अग्रता लिएका छन् ।

उनलाई नेकपा (एमाले)का उमेदवार राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

रेसुंगा–३ मा पनि कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम निर्वाचित भए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:४६