सूचनाको शक्ति - The Power Of Information

        

सल्यानका ८ स्थानीय तहको मतगणना सुरु

दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको हो ।

मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:३६