सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

निर्वाचन आयोगले भन्यो, ‘अपेक्षाकृत मतदान भएन’

स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार ६४ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । यो अपेक्षाकृत होइन ।

‘अपेक्षाअनुसार मतदान भएन । ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । आयोगले अपेक्षा गरेअनुसार मतदान भएन । कारण पहिल्याउन बाँकी छ,’ उनले भने, ‘जहाँ धेरै मतदाता हुनुहुन्थ्यो, त्यहाँ कम मतदान भएको छ ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार २०:३२