उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङ्ग छविसेको मतदान केन्द्रमा गोली चलेको छ ।
शुक्रवार दिउँसो साढे ४ बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । यसबारेमा बुझिरहेका छौँ । गोली लागेर क्षति भएको/नभएको जानकारी लिइरहेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले गोली चलेको हल्ला आएको र आफूले आधिकारिक रूपमा बुझ्न नपाएको बताउनुभयाे ।
सत्यपाटी । उदयपुर ।