सूचनाको शक्ति - The Power Of Information

        

रौतहटमा लुटियो मतपेटिका, बाकस बोकेर खेतैखेत भागे स्थानीय

रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ ।

सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए ।

यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १८:४०