सूचनाको शक्ति - The Power Of Information

        

झडपका कारण ३४ ठाउँको मतदान अवरुद्ध

स्थानीय तह निर्वाचन मतदानका क्रममा झडप हुँदा देशभर ३४ ठाउँमा मतदान अवरुद्ध भएको छ ।

देशभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि केही ठाउँमा प्रहरीले बल प्रयोग गर्नुपरेको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले बताए ।

उनका अनुसार १२ ठाउँमा गोली र ११ ठाउँमा हवाई फायर भएको छ । ‘‘अहिलेसम्म ३४ ठाउँमा झडपका कारण मतदान अवरुद्ध भयो । यो आधिकारिक होइन । साँझसम्म यो संख्या घट्छ,” उनले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १८:२७