सूचनाको शक्ति - The Power Of Information

        

आजैबाट मतगणना सुरु गर्ने आयोगको तयारी

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ ।

छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै शुक्रबार नै मत गणनाकार्य सुरु हुने आयोगले जनाएको छ ।

निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

देशभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १८:११