सूचनाको शक्ति - The Power Of Information

        

एक साताभित्र सबै स्थानको परिणाम आउँछ : आयोग प्रवक्ता

निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिएलगत्तै प्रक्रिया पुर्याएर मतगणना सुरु गर्ने बताएका छन् ।

प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताए ।

प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:५१