बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिए । उनले केही बेरमा पुन मतदान सुरु हुने बताए ।
यता, दैलेखको ठाटीकाँधमा पनि गाउँपालिकामा नेपाल मजदुर किसान पार्टी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । आफ्नो स्वविवेकले मतदान गर्न नदिएको भन्दै ठाटीकाँध गाउँपालिका ६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दोहोरो झडप हुँदा मतदान रोकिएको छ ।
झडप नियन्त्रण बाहिर गएपछि केही राउण्ड हवाई फायर भएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।
सत्यपाटी । काठमाडौं ।