सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।
नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिए ।
मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुट्यो
यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ ।
सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ । सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए ।
सत्यपाटी । काठमाडौं ।