सूचनाको शक्ति - The Power Of Information

        

११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा–७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् ।

केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो । पञ्चायतकालदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले बताइन् ।

उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी थिइन् । उनका नाति खेम केसीले हजुरआमाको उमेर ११३ वर्ष पुगेको र अहिले पनि स्वास्थ्य राम्रो रहेको बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १०:३८