सूचनाको शक्ति - The Power Of Information

        

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ ।

अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:२५