सूचनाको शक्ति - The Power Of Information

        

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु भेटियाे

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ।

जयपृथ्वी नगरपालिका-१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो।

जयपृथ्वीनगरपालिकास्थित मतदान केन्द्रमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको बताइएको छ।

दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:१९