सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने

नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षलयमा हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर नेपालगञ्जको २३ वटै वडाको मतगणना स्थल भेरी प्राविधिक शिक्षालयलाई तोकेको हो ।

यसअघिका निर्वाचनको निर्वाचन स्थल पनि भेरी प्राविधिक शिक्षालयलाई बनाउने गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:१६