सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वामदेवले भने, ‘यो पटक मतदान गर्दिन’

नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका नेता गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताएका हुन् ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १७:२१