सूचनाको शक्ति - The Power Of Information

        

भारतीय वायुसेनाको विमान भैरहवामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ ।

आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो ।

३० जनाको सुरक्षा टोलीले जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोह स्थलको सुरक्षा ब्यवस्थाको अवलोकन तथा अध्ययन गर्ने र जेठ ३ गतेसम्म लुम्बिनीमै बस्ने बुझिएको छ ।

विमान भने सुरक्षा टोलीलाई अवतरण गराएर भारत फर्किएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:५०