सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

निर्वाचनको लागि बाँकेमा ६ हजार २ सय कर्मचारी र सुरक्षाकर्मी परिचालन

१ सय ६ मतदान केन्द्र अत्यन्तै संबेदनशिल

बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिव ६ हजार २ सय परिचालन भएका छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थनीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन ।

यसैगरी स्थानीय तह निर्वाचनका लागि ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन । उनले बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरुप सुरक्षा प्रबन्ध मिलाईएको बताए ।

स्थानीय तह निर्वाचनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:४५