सूचनाको शक्ति - The Power Of Information

        

दार्चुलामा एमाले र गठबन्धनबीच झडप

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप भएको छ । दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको हो ।

झडपमा वडाध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो ।

सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालको भनाई छ । दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि उनले गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १०:१६