सूचनाको शक्ति - The Power Of Information

        

उमेदवारको मृत्युपछि आज मनोनयन दर्ता

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए । बिहीबार बेलुका ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ ।

कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०९:३०