सूचनाको शक्ति - The Power Of Information

        

भरुवा बन्दुक बोकेर हिँडिरहेका एक जना पक्राउ

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाबाट एक व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँका चन्द्रबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

कामीलाई १४ नम्बर वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मंगलबार पक्राउ परेको कामीलाई जिल्ला सदरमुकाम रुकुमकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।

निर्वाचनको मुखैमा मतदाक केन्द्र नजिकै भएर अवैध बन्दुकसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा उनलाई लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०९:१२