सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

गजल : मोबाइलमा वाइफाइ नभए

मोबाइलमा वाइफाइ नभए, डाटा हुन्छ अचेल ।
सुक्को नभए पनि दुई चार, खाता हुन्छ अचेल ।।

को आफ्नो को पराई चिन्न, धन खोज्छ मान्छे ।
आफन्त मारेर गोरु बेचेको, नाता हुन्छ अचेल ।।

लुटेराको संरक्षण गर्छन्, मान पदवी उसलाई नै ।
निर्दोषलाई कठघरा कुट्न, भाटा हुन्छ अचेल ।।

पिरतीको मैदानमा हार्दा, हुन्छ मुटु चिराचिरा ।
निश्चल माया जोख्न हरदम, काटा हुन्छ अचेल ।।

एक्लै हिँड्दा संघर्षमा, हिम्मत हार्नुहुँदैन कैले ।
शिखर चुम्न लाखौं हजार, बाटा हुन्छन् अचेल ।।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०७:५२