सूचनाको शक्ति - The Power Of Information

        

श्रीलंकाका प्रधानमन्त्रीेले दिए राजीनामा

 श्रीलंका सरकारविरुद्ध व्यापक प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उहाँले राष्ट्रपति गोटाबाया राजपक्षेसमक्ष आफ्नो राजीनामा पेश गरेका हुन् । देशमा आर्थिक संकट देखिएपछि उग्र भएको प्रदर्शनले राष्ट्रपति गोटाबाया र उनको मन्त्रीमण्डलका मन्त्रीहरुलाई राजीनामा दिन निरन्तर दवाब बनाइरहेको छ ।

श्रीलंका सरकारले हालै देशमा संकटकाल लागू गरेको थियो । स्थानीय सञ्चार माध्यमको विवरणमा राष्ट्रपति भवनमा भएको बैठकमा उपस्थित महिंदाले राजीनामा दिन गोटाबायाले गरेको आग्रह स्वीकार गरेको भनिएको छ ।

यसैबीच सरकार विरोधी र समर्थक बीच कोलम्बोमा हिंसात्मक झडप हुँदा कयाँै व्यक्ति धाइते भएका छन् । स्थितिलाई काबुमा लिन सेना परिचालन गरिनुका साथै उत्तरी, दक्षिणी र मध्य कोलंबोमा अनिश्चितकालीन कर्फयू लगाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १८:०३