सूचनाको शक्ति - The Power Of Information

        

मतदाताको गुनासो सुन्दै, भोट माग्दै पौडेल

राप्ती सोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले आज मतदातालाई प्रत्यक्ष भेटेर गुनासो सुन्नुभएको छ ।

मतदाताहरुको घरदैलोमै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोर्ट गरेको उहाँले बताउनुभयो । अब प्रचार प्रसार गर्ने समय अन्तिम चरणमा पुगेका मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको उहाँले बताउनुभयो ।

भेटघाटका क्रममा मतदाताहरुले सिंचाई, खानेपानी, बाटोघाटो, मल विउ लगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्ने योजना रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार पौडेलले जनताको सेवामा सधै सर्मपित हुने प्रतिवद्धता जनाउनुभयो ।

यसैक्रममा आज राप्तिसोनारी गाँउपालिका वडा नम्बर २ को हरीहरपुरमा भेटघाट गर्नुभएको छ । यस्तै वडा नम्बर ६ मा पनि मतदातासंग भेटघाट गरिएको छ ।

अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारु लगायतले मतदाता भेटघाट गरिरहेको नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १७:५७