सूचनाको शक्ति - The Power Of Information

        

‘भिजन र मिसन भएका प्रखर वक्ता बेदागी पूर्णप्रसाद आचार्य’

विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे ।

संयोगनै मान्नु पर्छ तत्कालिन परिस्थितिले उहाँको चाहनालाई बाटो देखायो । परिस्थिति निर्माणका दुईवटा कारण हुँदा रहेछन् उहाँ सम्झनुहुन्छ–‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’

आचार्यलाई स्वःस्र्फुतरुपमा सिर्जित परिस्थितिले नभएर बाध्यकारी परिस्थितिले समाजसेवाको बाटो जवरजस्त निर्माण गरिदियो त्यो हो तत्कालिन सशस्त्र द्वन्द ।

राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्दकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उहाँको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नं. ८ मा बसाइ सर्यो ।

बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिनुभएका आचार्यका तीन दिदीवहिनी हुनुहुन्छ । द्वन्दकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भएपनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन् ।

त्यसैले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उहाँ विद्यार्थी राजनीतिमा आवद्ध हुनुभयो । राजनीतिबाटनै समाजसेवा गर्छु भन्ने अठोटसँगै उहाँ स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसक्नुभएको थियो ।

त्यहीबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । आज त्यही सपनालाई मूर्तरुपमा दिन सम्बृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएको छ ।

वीपीको आदर्शबाट प्रभावित आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा उम्मेदवार हुनुहुन्छ ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उर्तिण गर्नुभएका नगर प्रमुख पदका उम्मेदवार आचार्य प्रखर वक्ताकारुपमा परिचित हुनुहुन्छ ।

करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्वप्रदान गरेको उहाँको अनुभव छ । नेपाली कांँग्रेसको १३ औँ महाधिवेसनमा तत्कालिन मध्य तथा सुदूर पश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी हुनुभएको थियो ।

राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाईरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान संचालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामाग्री देखि गास, बासको समेत व्यवस्थापनमा आफै खटिएर सहयोग गर्नुभयो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहनुभएका आयार्चले खेलकुदलाई नजिकबाट बुझ्नु भएको छ । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुरदृष्टि सहितको नेतृत्व प्रदान गर्न आचार्य सबैको भरोसाका केन्द्रकोरुपमा आफुलाई स्थापित गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १७:५५