सूचनाको शक्ति - The Power Of Information

        

“दलित अधिकारका मुद्दालाई संस्थागत गर्न नेपाली काँग्रेस आवश्यक”

दलित अधिकारका मुद्दालाई संस्थागत गर्न स्थानिय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्न आवश्यक रहेको कोहलपुर क्षेत्रका दलित अधिकारकर्मीहरुले बताएका छन ।

 

 

राष्ट्रिय राजनीतिमा दलित समुदायको बलियो उपस्थितिका लागि काँग्रेसले प्रयासरत गरीरहेकोमा उनिहरुले खुशी व्यक्त गरे ।

दलित संघ बाँकेले आज कोहलपुरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाको विकासका लागि प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पुर्ण प्रसाद आयार्य र उपप्रमुख संगिता सुवेदी र लगायत सबै उम्मेदवारहरुले जित्न आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा दलित संघ बाँके अध्यक्ष कृष्ण बिकले नेपाली काँग्रेसको नेतृत्वको सरकारले दलित आयोग गठन भएको र दलितको अधिकारका लागि कांग्रेसले सदैव चासो र चिन्ता दिएकाले नेपाली कांग्रेसलाई मतदान गर्न आवश्यक गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार आचार्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा दलित समुदायको सहज पहँुच बढाउन विशेष कार्यक्रम सञ्चालन गरीने बताउनुभयो ।

 

उहाँले दलित समुदायका बिद्यार्थीलाई शैक्षिक छात्रवृत्तीको व्यवस्था गर्ने प्रतवद्धता समेत व्यक्त गर्नुभयो । यसका साथै उहाँले दलित समुदायको हक हितका लागि योजनागत रुपमा काम गर्ने बताउनुयो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १७:४६