बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर शाहीले प्रस्तुत गरेका विकासका योजनाहरु सुनेर मतदाताहरु हर्षित भएका छन ।
बैजनाथ गाँउपालिकाको वडा नम्बर १, २ र ३ मा सोमवार गरीएको घरदैलो कार्यक्रमका क्रममा अध्यक्ष पदका उम्मेदवार शाहीले आधुनिक कृषि प्रणली, कृषि अनुदान, प्राविधिक शिक्षा, शैक्षिक सुधारक कार्यक्रम, घर — घरमा स्वास्थ्य सेवा, बैजनाथका बासीलाई निशुल्क स्वास्थ्य बिमा, सिपमुलक तालिम, कला सस्कृती संरक्षण लगायतका बिषयमा आफूले बनाएका योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
योजनाहरु सुनेर मतदाताहरु हर्षित भएका छन । घरदैलोका क्रममा मतदाताले कांग्रेसका उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामना दिएका छन ।
यस्तै घरदैलोको क्रममा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार निर्मला रोकायले बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउन बनाएका योजनाहरुलाई कार्यान्वयन गर्ने बताउनुभयो ।
सत्यपाटी । बाँके ।