सूचनाको शक्ति - The Power Of Information

        

ओलीले लगाएका आरोपको जवाफ दिन पत्रकार समेलन गर्दै कांग्रेस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको जवाफ दिन नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेसले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।

त्यसको काउन्टरमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०९:२०