सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन अधिकृतकै बदर मत

मतदानका लागि खटिने कर्मचारीकै मत बदर हुनुले कर्मचारीकै मतदाता शिक्षा कमजोर रहेको पुष्टि हुन्छ । सल्यानमा आइतबार मतदान केन्द्रमा खटिने कर्मचारी नमुना मतदानमा सहभागी भए ।

जम्मा २६ जना निर्वाचन अधिकृत तथा सहायक अधिकृतले मतदान गरेकोमा तीन वटा मत बदर भएका थिए । जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले मतदान केन्द्रमा खटिने कर्मचारीलाई सहभागी गराएर गरिएको मतदानमा ११ प्रतिशतको मत बदर भएको जानकारी दिए ।

यसैबीच स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानले निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखीकरण गरी नियुक्ति दिएको छ । सोमबारबाट मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई मतदान केन्द्रमा पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०८:२६