सूचनाको शक्ति - The Power Of Information

        

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ ।

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी  बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन्  । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए ।

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए,’उनले भने ,‘त्यस कारण गाडीमा खासै क्षति भने हुन सकेन् ।’

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे  इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०८:१४