नेपाली काँग्रेसका तर्फबाट बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारी गाउँपालिकाबासीले झेल्दै आएका समस्या सम्बोधनका लागि आफु प्रतिबद्ध रहेको भन्दै सहयोगको अपिल गर्नुभएको छ ।
राप्तीसोनारी गाउँपालिका–७ मा आज घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै वडा नम्वर ७ राप्तीनदीको कटान, डुवानबाट पीडित रहेको भन्दै यसको दीर्घकालिन समस्या समाधानका लागि स्थायी तटबन्धको व्यवस्था गरिने बताउनुभयो ।
उहाँले काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराए सम्बृद्ध गाउँपालिका बनाउने आफ्नो योजनाले सार्थक पाउने उद्घोष गर्नुभयो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो पाँच वर्षीय कार्यकालमा पूरा नभएका योजनाहरुलाई सार्थक बनाउन काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गर्नुभयो ।
उहाँले भन्नुभयो–‘यो पाँच वर्षिय कार्यकालमा धेरै कामहरु भएका छन् ति कामलाई पूर्णता दिन अध्यक्ष पदका उम्मेदवार पौडेलसहितको टीमलाई विजयी बनाउनुहोस् ।’
यसअघि आज विहान वडा नम्वर ६ मा पनि घरदैलोसँगै चुनावी कोणसभा गरिएको थियो । त्यसकाक्रममा मतदाताहरुले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका समस्या सम्वोधनको पहल गर्न आग्रह गरेका थिए ।
उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुसहितका उम्मेदवारहरु सहभागी घरदैलो तथा कोणसभामा काँग्रेसलाई निर्वाचित गराए, जनताको सवाललाई क्रमागतरुपमा पूरा गर्ने प्रतिबद्धता अध्यक्षका उम्मेदवार पौडेलले गर्नुभयो ।
घरदैलोका क्रममा मतदातालाई मत हाल्न सिकाउने कामलाई पनि काँग्रेस राप्तीसोनारीले तिब्रता दिएको छ ।
सत्यपाटी । बाँके ।