सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व रेडक्रस दिवस, संसारभर मनाइँदै

प्रत्येक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।

हरेक बर्ष संस्थापक हेनरीको सम्झना गर्दै बिभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे ।

उनको बिचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यता प्राप्त गर्यो । तर नेपालमा भने विसं. २०२० सालमा मात्र रेडक्रस सोसाइटीको स्थापना भएको हो ।

रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानीन्छ । रेडक्रसको मुख्यलक्ष्य भनेको मानब उद्धार हो । यो सस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयंसेवकका रुपमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतवार १०:००