सूचनाको शक्ति - The Power Of Information

        

तीन जनाको ज्यान लिने कार चालक जेल चलान

नेपालगन्ज–११ मा गत महिना तीन जनाको ज्यान लिने गरी भएको कार दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ ।

बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएर ज्यान लिने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाइएको हो ।

२०७८ चै त २७ गते धम्बोझी चोक नजिकै इन्द्रबहादुर थापाले चलाएको कारले ठक्कर दिएर पैदलयात्रु नेपालगन्जका ६५ वर्षीय समिमा इद्रिसी, ५ वर्षीय बालक मो.कासिम इद्रिसी र ६ वर्षीय मो.अली अन्सारीको मृत्यु भएको थियो ।

सो घटनापश्चात् प्रहरी हिरासतमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले बिहीबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालकलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतवार ०९:४५