सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–८ मा गुड्डुलाई मतदाताको आर्शीवाद

स्थानीय तहको निर्वाचन हुन अब पाँच दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै नेपालगन्जमा चुनावी सरगर्मी बढ्दै गएको छ । दलका उम्मेदवारले वडास्तरमा आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । उम्मेदवारहरुले प्रचारलाई आक्रामक बनाएका छन् ।

चुनावी सरगर्मी बढेसँगै नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ८ मा वडाध्यक्षका उम्मेदवार सफिक सिद्दिकी (गुड्डु)को चर्चा चुलिएको छ । वडाका मतदाताहरुको आर्शीवाद पाइरहेका गुड्डुको जीत भइसकेको मतादाताहरु बताउँछन् ।

वडामा प्रचारप्रसारलाई तीव्र बनाइरहेका वडाध्यक्षका उम्मेदवार गुड्डुले निर्वाचन जितिसकेको दावी गर्दै मतदाताहरु भन्छन्, ‘उहाँ ३० गते मतदानबाट अनुमोदन हुन मात्रै बाँकी हो, चुनाव त जितिसक्नु भएको छ ।’

वडाबासीको दुखसुखमा साथ दिँदै आएका गुड्डु चुनावी मैदानमा उत्रिएपछि वडाध्यक्षमा उनको विकल्प नभएको भन्दै मतदाताहरु गुड्डुको पक्षमा होमिएका छन् । दुखसुखमा साथ दिने नेतृत्व चाहेकोले युवा नेता गुड्डुको पक्षमा मतदाताहरु खुलेर लागेका छन् ।

नेपालगन्ज–८ का मतदाताहरु भन्छन्, ‘नाताले हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई नेतृत्वमा ल्याउनुपर्छ । यहाँ गुड्डुको विकल्प छैन । विकास निर्माणमा चासो राख्ने र नागरिकका दुखसुखमा साथ दिने गुड्डु नै अबको वडाध्यक्ष हो ।’

युवा र समाजिक रुपमा वडाबासीको मन जितेका गुड्डुलाई निर्वाचनमा जिताउने पक्षमा मतदाताहरु लागिपरेका छन् । वडाध्यक्षका उम्मेदवार गुड्डु भन्छन्, ‘वडाबासी मेरो पक्षमा हुनुहुन्छ, मलाई वडाका मतदाताको पूर्ण आर्शीवाद रहेको छ, म सहजै निर्वाचन जित्छु ।’

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतवार ०९:१०