स्थानीय तह निर्वाचन आउन पाँच दिनमात्रै बाँकी छ । यही वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट बढैयताल गाउपालिका–१ का वडाध्यक्ष पदका उम्मेदवार टेकेन्द्र मल्लले प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र मल्लले मतदाताको घरघर पुग्दा विजयीको आर्शीवाद पाइरहेका छन् । समाजसेवी तथा मिलनसार मल्ल वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले वडाको विकासका लागि कुनै पनि भूमिका निर्वाह गर्न नसकेको भन्दै समृद्ध वडा निर्माणका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले अपिल गरेका छन् ।





सत्यपाटी । बर्दिया ।