प्रतिस्थापन विधेयकको कार्यान्वयनमा समस्या देखिएको अर्थविद्हरूले बताएका छन् ।
प्रमोटर्स ग्रुपले शनिबार आयोजना गरेको प्रतिस्थापन विषयक अन्तक्रिया कार्यक्रममा अर्थविद्हरूले संरचनागत समस्याका कारण बजेट कार्यान्वयनमा हुन नसकेको देखिएको बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेट कार्यानवयनको अवस्था कमजोर रहेको बताए । पहिलो कुरा त श्वेतपत्रलाई प्रतिस्थापन बजेटले सम्बोधन गरेन।
त्यसमा पनि बजेटको कार्यान्वयन पक्ष कमजोर रह्यो । पहिलेका समस्या यथावत् रहन गए,” उनले भने ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।