सूचनाको शक्ति - The Power Of Information

        

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदमा कस्तुरी मृगको मस्कट राखिएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचान झल्किने माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको उक्त लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो । राखेपले नवौं राष्ट्रिय खेलकूदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारसहित सार्वजनिक सूचना जारी गरेको थियो । नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ ।

यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो र मस्कट बनाउनेले क्रमसः ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटा मात्र आवेदन परेको बताइएको छ । उक्त गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको राखेपले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १२:३४