सूचनाको शक्ति - The Power Of Information

        

मतदाताले दिएको हौसला हेर्दा जितको संघारमा पुगिसकेका छौ : खजुरा गठबन्धन

बाँकेको खजुरा गाउँपालिकामा निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनको जित निश्चित रहेको महसुस उम्मेदवारहरुले गरेका छन ।

मतदाताहरुले दिएको साथ ,समर्थन ,हौसला र आर्शिबादले आफूहरुलाई उत्साहि बनाएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले बताएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर २ मा शुक्रबार निकालिएको शक्ति प्रदर्शन एवम् घरदैलो कार्यक्रमले गठबन्धन चुनाव जित्नका लागि थप बलियो देखिएको हो ।

खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि नेकपा माओबादी केन्द्रबाट डम्बर विकको उम्मेदवारी रहेको छ । उहाँ माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुहुन्छ ।

नेपाली कांग्रेसबाट उपाध्यक्ष पदको उम्मेदवारमा मञ्जु मल्लले प्रतिनिधित्व गर्नु भएको छ । खजुरा गाउँपालिकाको सबै स्थानमा गठबन्धनले शक्ति प्रदर्शन गर्दै घरदैलो कार्यक्रम गरीरहको छ ।

जसअन्र्तगत आज वडा नम्बर २ मा शुक्रबार घरदैलो गर्दै शक्ति प्रदर्शन समेत गरिएको हो । रिमझिम चोकदेखि निकालिएको शक्ति प्रदर्शनको ¥यालीमा ५ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।

जनतासँग मत माग्ने क्रममा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर बिक र उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्लले खजुराको विकासका लागि सहि व्यक्तिको छनौट गर्न अपिल गर्नुभएको थियो ।

उहाँहरुले जनतासँग यसअघि पनि खजुरा वासीले माओवादी र कांग्रेसलाई समर्थन गर्दै आएकोले यसपटक अधिक मतले विजयी गराउनेमा आफूहरु विश्वस्त रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १८:२९