बाँकेको डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानलाई तिब्र बनाउनु भएको छ ।
उहाँहरुले आज डुडुवा गाउँपालिकाको वडा नम्बर २ को नौरीगौढी र कोल्हीमा घरदैलो गर्नुभएको हो । घरदैलोका क्रममा अध्यक्ष पदका उम्मेदवार चौधरीले गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि र बिपद व्यवस्थापनको क्षेत्रमा आफूले गरेका कामहरुलाई आगामी कार्यकालमा अवसर पाएमा अझै प्रभावकारी बनाउने बताउनु भएको छ ।
मतदाताको जिज्ञासा मेटाउदै उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोले गाउँपालिकाले विकासका पुर्वाधार बिकासका संगै सामाजिक सहभागिता र न्यायको क्षेत्रमा पनि उल्लेखनिय काम गरेकाले आगामी कार्यकालका लागि पनि आफूहरुलाई जिताउन आग्रह गर्नुभयो।
उहाँले समुदायमा आधारित विकासका काममा गाउँपालिकाले विशेष जोड दिईरहेको बताउनुभयो । अब एक पटक फेरी बिजयी बनाएर विकासको काममा साझेदारी गर्न उहाँले आग्रह गर्नुभयो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गजेन्द्र प्रसाद कैरातीले वडाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
सत्यपाटी । बाँके ।