बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपालगन्जमा बिभिन्न पदमा उठेका उम्मेदवार र समर्थकलाई निर्वाचनले छपक्कै छोइसकेको छ । गाउँ, बस्ती र टोलमा उम्मेदवारहरु नाचगान गर्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
निर्वाचनमा उठेका उम्मेदवारदेखि प्रत्यक्ष वा अप्रत्यक्ष समर्थकहरु कसैले पनि आफ्नो उम्मेदवारले जसरी पनि जित्ने दावीसहित मत आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । यतिखेर सामाजिक सञ्जालहरुलाई पनि उम्मेदवारले प्रचारका लागि प्रयोग गरिएको छ ।
सबैले आ–आफ्नो जित आ–आफ्नो पक्षमा पर्ने दावी गरिरहेका छन् । पश्चिम नेपालको ठुलो र एतिहासिक शहर नेपालगन्ज उपमहानगरमा कसले हात पार्ला ? उठेका र उठाइएका सबै उम्मेदवारले आफुले जित्ने वा आफ्नो पकड बलियो भएको आँकलन सुनाइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको तथ्यांक हेर्ने हो भने २०७४ को निर्वाचनको तुलनामा यसपटकको स्थानीय निर्वाचनमा ८१ हजार ७४५ मतदाताले मतदान गर्नेछन् । यसअघि २०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरमा मतदाताको संख्या ६२ हजार ५१७ थियो ।
बढेको मतदाताहरुमा वडा नं.१८ कारकादोमा सबैभन्दा बढी २ हजार २०० र दोस्रोमा वडा नं.२० नं. राँझा क्षेत्रमा २ हजारभन्दा बढी संख्या थपिएका छन् । यसपटक नगरका २३ वटै वडामा कुल १९ हजार २२८ जना मतदाता थपिएका छन् ।
नेपालगन्जका २३ वटा वडामा रहेका मतदान केन्द्र र मतदाता संख्याको यस्तो छ विवरण :
सत्यपाटी । बाँके ।