सूचनाको शक्ति - The Power Of Information

        

मतदानका दिन पत्रकारले लिनुपर्नेछ सवारी अनुमतिपत्र

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनकको मतदानका दिन पत्रकार तथा सञ्चार गृहहरुलाई सवारी सञ्चालन गर्ने मापदण्ड सार्वजनिक गरेको छ । आयोगले उपत्यका र उपत्यका बाहिरका सञ्चारकर्मीहरुका लागि छुट्टाछुट्टै मापदण्ड तोकेको छ ।

आयोगका अनुसार उपत्यकाको हकमा प्रमुख जिल्ला अधिकारीबाट बोर्डसिटका दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनका लागि ५ र समाचार संकलनका लागि २० वटा सवारी साधनको अनुमति दिन सक्नेछन् भने दैनिक पत्रिकाहरुले कार्यालयका लागि ५ र समाचार संकलनका लागि १० गरि १५ सवारी साधनलाई अनुमति प्रदान गर्न सक्ने छन् ।

त्यस्तै उपत्यकाका साप्ताहिकलाई ३ वटा, टेलिभिजनका लागि १० वटा, रेडियो एफएमलाई कार्यालयका लागि १ सहित ७ वटा, अनलाइनका लागि कार्यालय प्रयोजनलाई २ सहित ५ वटा, फोटो पत्रकारलाई प्रत्येक संस्थाबाट ५ वटा र राससलाई ५ वटा सवारी साधन सञ्चालन अनुमतिपत्र प्रमुख जिल्ला अधिकारीबाट लिनुपर्ने मापदण्ड निर्देशिकामा उल्लेख छ ।

त्यस्तै उपत्यका बाहिरका सञ्चारकर्मीका हकमा भने सूचना तथा प्रशारण विभागले तोकेको वा स्थानीय पत्रकार महासंघको सिफारिसमा प्रत्येक सञ्चार संस्थाले ५ वटासम्म सवारी अनुमति प्राप्त गर्न सक्ने आयोगले मापदण्ड बनाएको छ । अनुमतिपत्रका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष आधिकारीक लेटर प्याडमा सवारी नम्बर र सवारी चलाउने सञ्चारकर्मीको नाम उल्लेख गरि २८ गतेभित्र निवेदन दिनुपर्ने आयोगले तोकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ११:४१