सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप

सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।

झडपमा वडाध्यक्षका प्रत्यासी उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले बताए ।

आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस उम्मेदवारलाई आक्रमण गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । घाइते दुईजनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १०:४७