सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र जिम्बावे ‘ए’ बीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरु हुँदै

नेपाल र जिम्बावे ‘ए’ टिमबीचको एक दिवसिय क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

आज नेपाल जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

तीन वटा टी–ट्वान्टी खेलको श्रृंखलामा एक–एकको बराबरी भएपछि नेपाल र जिम्बावे ‘ए’को ध्यान अब एक दिवसिय श्रृंखलातर्फ मोडिएको हो ।

केहि समय अगाडिमात्र चार दिवसीय घरेलु प्रतियोगिता खेलेको जिम्बावे ‘ए’ टिमले ५० ओभरको खेलमा नेपाललाई दबाब दिनसक्ने सम्भावना रहेको छ ।

यो श्रृंखलाको लागि नेपाल क्रिकेट संघ क्यानले टी–ट्वान्टी भन्दा केहि परिवर्तन गरेको छ । आजको खेलका लागि मौसमलाई मुख्य चुनौती मानिएको छ । किनकी कीर्तिपुरमा आज वर्षाको सम्भावना देखिएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०९:०३